१६ मंसिर २०७८ बिहीबार
ब्लग

कोरोना कहरमा चीनबाट फर्केपछि...

गत वर्ष जनवरीको सुरुवातमै चीनको बेईजिंगमा जाने मौका पाएकी थिए। बेईजिंग ईन्टेरनेशनल चाईनिज कलेज (विआइसिसि)मा अध्ययनको अवसरले म निकै खुसी थिए। चीन उदयमान शक्तिशाली राष्ट्र हो। यहाँ जान पाउने कुराले मात्र मलाई रोमान्चित बनाउथ्यो। त्यसैले यहाँको यात्रा जीवनभरका लागि रमणीय रहने मलाई महसुस हुन्थ्यो।  

हुनपनि त्यस्तै भयो, सहरमा हुदाँको अगिन्ती यादहरु मस्तिष्कमा अझैपनि ताजा नै छ। गगनचुम्मी भवनहरु भएको बेईजिंग आफैमा एक भव्य सहर हो, जहाँ अलि बाबाका भवन, बेईजिंग चिडिया घर, विभिन्न संग्रहलाय, टियानम स्क्वाएर, द ग्रेट वाल लगायतका प्रख्यात स्थानको भ्रमणले धेरै ज्ञान बढाएको छ।  

मेरो चीन बसाई १६ दिनको रहेको थियो। जेनवरीको २२ मा म काठमाडौ फर्केकी थिए। तर अचानक मेरो रमाइलोमा कोरोनाको छाया देखियो। उतै हुदाँ नै अर्को प्रान्त वुहानमा कोभिड–१९ आइसकेको रहेछ। यसको बारेमा त्यहाँ बस्दा हामीले केही पनि थाहा पाएनौँ। नेपाल फर्केपछिमात्र कोभिड बारे जानकारी पाए। त्यसको प्रभाव सुनेर झसंग भए। मेरो रमाइलोमा डरको प्रवेश भयो। केही दिन चिन्तामा बित्यो। तर मैले आफुलाई ठिक ठाउँमा ल्याए। यस क्रममा नेपालमा पनि लकडाउन सुरु भयो। त्यो बन्दाबन्दीको समयमा बाहिर जान नपाएपनि मैले आफूभित्रको यात्रा गर्ने अवसर पाए।  

जीवनको कुरा गर्ने हो भने मलाई याद भएदेखि म  सधै व्यस्त नै रहे ।कहिले पढाईमा, कहिले घुम्नमा, कहिले काममा त कहिले मनेरञ्जनमा। सधै बाहिरको बारेमा मात्र बुझिरहे। तर आफुलाई बुझ्ने अवसर पाएको थिइने। मन त थियो आफैलाई बुझ्ने। जीवन के हो मलाई बुझन त मन थियो कतै कतै तर के के बुझने भनेर थाहाँ थिएन। त्यसैले पनि लकडाउन मेरो लागि आफैलाई बुझने एक अवसर बन्यो।  म चीनबाट काठमाडौं फर्केको २ दिनपछि नेपालमा पहिलो कोभिड–१९ संक्रमित भेटिएको थाहाँ भए। कोभिडको सुरुवात चीनमा हुनु र म पनि तत्कालै त्यहाँबाट आएकाले म  भित्र विभिन्न किसिमको डर तथा त्राश रहेको थियो।  

त्यो भन्दा पनि बढी  डर त सबैले म चीनबाट फर्केकाले मलाई अर्कै नजरले हेर्दा लाग्थ्यो ।  मलाई अझै याद छ कि मेरो एक जना आफन्तले मैले दिएको चक्लेट समते  स्विकारेका थिएनन्।  रोग तथा भाईरसको बारे पूर्ण रुपमा जानकार नभएर होला । यो उसको गल्ती होईन। जो कोही पनि यस भाईरसबारे बेखबर थिए । कति डराउने कति होसियार हुने कसैलाई पत्तो थिएन ।  

त्यसैले मलाई पनि चीनबाट आएको कारण  भाईरसको संक्रमण भयोकी भन्ने डर बढ्दै गयो। कोरोनाको डर मेरो मेरो प्रत्येक सासमा बस्न थाल्यो। यति सम्मकी कुनै बेला त म पनि अब मर्दै छु भनेर समेत सोच्न पुगे। समय बित्दै गएको थियो। समयसंगै कोरोना बारे थप जानकारी आइरहेको थियो।  यससंग सम्बन्धित लक्षणहरुको बारेमा विस्तृत जानकारी आएसंगै कसरी बच्ने तथा भईहाले कसरी आफैलाई आईसोलेशन बारे पनि सरकारी निकायबाट सुचना आउन थाल्यो। मलाई कुनै पनि लक्षण देखिएको थिएन। शंका लागेको केहि दिनपछि मैले पिसिआर टेष्ट गराए। २४ घण्टापछि यसको रिपोर्ट आयो र मेरो नेगेटिभ थियो। यो  नेगेटिभिटीले मलाई आनन्द दिनुका साथै म मा  ‘पोजेटिभिटि’ छायो।

म त्यस पछि ढुक्क भए र ममा आएको नकरात्मकता हटाउदै गए। अरुले मलाई जे सोचे पनि मैलै आफैमाथि गरेको व्यबहाारप्रति मलाई लाज लागेर आयो।मैलै आफ्नो जीवनलाई एउटा नाम दिए। जीवनमा विभिन्न मोडहरु आउने गरेको हुन्छ। सुख दुःख जस्तै  अरुले गरेको आफूप्रतिको माया र घृणा पनि परिवर्तनीय रहेको छ। अरुको प्रभाव आफूमा छिटो पर्न नदिनु पनि एक किसिमको आत्म विश्वास हो। अरुको कुरा सुनेर आफ्नो सोच परिवर्तन गर्न नहुने गुण्स्तरको आफैमा बानी बसाल्ने निधो गरे।  

मैले एउटा बानीको सुधार मात्र नभई विभिन्न कुराहरुको परिवर्तन गर्ने तथा कुन कुन कुरालाई विस्तार गर्ने र कुन कुरालाई  हटाउने भन्ने कुराको एक सूची बनाए। केही दिन  त विदा जस्तै रमाए। धेरै  खाए चिनी पनि तीतो हुन्छ  भने जस्तै सधै विदा पनि ‘बोरिंग’ हुँदो रहेछ। त्यसपछि मैलै धेरै कुराहरु गरे। जुन गर्नका लागि मसंग फुर्सद थिएन र फुर्सद नहुने बाहाना गर्थे।  

कुकिंग, गार्डेनिंग र व्यायाम मैलै धेरै कम गरेको थिए ।  मैलै यी कामलाई निरन्तरता दिए। मैलै सुरु गरेदेखि नै यी कुराहरुले आत्म सन्तुष्टि मिल्न थाल्यो। लकडाउन नहुदा पनि मेरा यी कामहरु जारी छन् । अब यी मेरो दैनिकी जीवनको पाटो बनेको छ। जीवनको खुसी मलाई मिल्न सुरु भयो। खानासंगै जीवनशैलीमा सकरात्मक परिवर्तन ल्याउनु पनि मेरो महत्वपूर्ण पक्ष रहेको थियो।

बदलिएको जीवनशैलीले सकरात्मक ढंगले राम्रो परिणाम देखियो। अब आफैले बुझने चाँह बढ्दै गएको छ। अब हरेक दिन आफनै बारेमा केही न केही बुझने गरेकी छु। आफ्नै बारेमा सोच्दा पनि मुस्कुराउने गरेकी छु।

प्रकाशित: ३१ जेष्ठ २०७८ १७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App