१५ फाल्गुन २०८० मंगलबार
ब्लग

घर नै बालबालिकाको पहिलो पाठशाला

बालबालिकाको शिक्षा घरबाट सुरु हुन्छ । अभिभावकबाट उनीहरूले धेरै कुरा सिक्दछन् । त्यसैले पनि अभिभावकलाई पहिलो गुरु पनि मान्ने गरिन्छ । यस अर्थमा बालबालिकाको चरित्र विकासमा अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ । घरमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हुने सिकाइ र विद्यालयमा हुने औपचारिक सिकाइको सन्तुलन हुन सकेमा बालबालिकाको सिक्ने -पढ्ने बानीको विकास हुन पुग्छ ।बालबालिकाको लामो शैक्षिक यात्रामा यसले कोशेढुंगाको काम गर्छ । 

त्यसैले, यहाँ 'असल अभिभावकको' भूमिकाको बारेमा केही प्रस्ट पार्न खोजेको छु । बालबालिका ठूला मानिसबाट सजिलै प्रभावित हुन्छन् । यदि अभिभावक घरमा मोबाइल धेरै समयसम्म चलाउनुहुन्छ भने बालबालिका पनि त्यही सिक्न थाल्छन् । अभिभावक नराम्रो बोल्नुहुन्छ भने उनीहरू पनि त्यस्तै बोल्न थाल्छन् । तसर्थ बालबालिकाको असल आचरण विकासको लागि अभिभावक आफैंले आशातित आचरण प्रदर्शन गर्नुपर्छ ।बालबालिकालाई गरिने सबैभन्दा ठूलो खर्च उनीहरूलाई दिइने समय हो।

कतिपय अभिभावक सानोसानो काममा पनि आफ्ना बालबालिकाको विद्यालय छुट्ट्याउने गर्नुहुन्छ । बिदापछि स्कुल खुलेको दिन त 'पढाइ नै हुँदैन, किन स्कुल जानू ? 'भन्ने अभिभावक पनि थुप्रै हुनुहुन्छ।

बालबालिकालाइ दिइने थोरै समयले पनि उनीहरूको सर्वांगिण विकासमा महत्वपूर्ण भूमिका खेल्छ । जति नै व्यस्त भएपनि दैनिक रूपमा केही समय बालबालिकासँगै पढ्ने, उनीहरूले पढेका कुरा सोध्ने, चासो दिने, गृहकार्य गर्न सघाउने वा प्रोत्साहन गर्ने जस्ता कार्यहरू गर्नु असल अभिभावकको कर्तव्य हो । बालबालिकाको पढाइमा घरको वातावरणले पनि असर गर्छ। ठूलो स्वरमा धेरैबेरसम्म गफ गर्ने, टिभी हेर्ने बाबुआमाको बानीले बालबालिकालाई पढाइमा केन्द्रित हुन गाह्रो पर्न सक्छ । पढ्नको लागि शान्त र ध्यान केन्द्रित गर्न सक्ने वातावरण सिर्जना गर्नु असल अभिभावकको गुण हो । आलोचना मन नपर्ने मानवीय गुण हो । बालबालिकालाई अरूसँग तुलना गर्दै आलोचना गरियो भने उनीहरूमा नैराश्यता पैदा हुन गई गलत दिशातिर लाग्ने डर हुन्छ । बालबालिकालाई आलोचना गर्दा मनोवैज्ञानिक रूपमा असर नगर्ने गरी गरिनुपर्छ । राम्रो कामको लागि पुरस्कार दिएर प्रोत्साहन गर्ने गरिएमा बालबालिकालाई राम्रो काम गर्न ऊर्जा मिल्छ। 

अभिभावकको शिक्षक र विद्यालयसँग हुने निरन्तर सम्पर्कले बालबालिकाको एउटा असल पहरेदारको भूमिका निर्वाह गर्छ । फलस्वरूप उनीहरू कर्मपथबाट विचलित हुन पाउँदैनन् । अध्ययन अनुसन्धानले बालबालिकाको इच्छा, रुचि र समस्याको बारेमा खुलेर छलफल गर्ने अभिभावकको बालबालिका बढी सफल भएको देखाउँछ । त्यसैले बालबालिकाको इच्छा, रुचि र समस्याको बारेमा खुलेर छलफल गर्नु असल अभिभावकत्व हो रु भन्ने मैले बुझेको छु । कतिपय अभिभावक सानोसानो काममा पनि आफ्ना बालबालिकाको विद्यालय छुट्ट्याउने गर्नुहुन्छ । बिदापछि स्कुल खुलेको दिन त 'पढाइ नै हुँदैन, किन स्कुल जानू ? 'भन्ने अभिभावक पनि थुप्रै हुनुहुन्छ ।यसो गर्दा बालबालिकाको पाठ छुट्छ र विस्तारै पढाइमा कमजोर हुन पुग्छन् । विद्यालय अविछिन्न पठाउने वातावरण सिर्जना गर्नु असल अभिभावकको कर्तव्य हो । अभिभावकको थुप्रै बानी व्यवहारले बालबालिकाको आचरण निर्माण र उनीहरूको शिक्षामा महत्वपूर्ण भूमिका खेल्छन् । अभिभावकले बालबालिकाप्रति आफ्नो दायित्व के के हुन सक्छन्, एकचोटी फरक ढंगले सोच्ने कि ? एउटा सफल अभिभावकको हैसियतले आफ्ना छोराछोरीका लागि पहिलो पाठशाला घर अनि पहिलो शिक्षक अभिभावक नै हो । सफल सिकाईका लागि पहिलो शिक्षक शिक्षिका बाबुआमा र पहिलो पाठशाला घर भएतापनि बच्चाहरुको औपचारिक सिकाई शुरुवात विद्यालयबाट नै हुन्छ । यसकारण बाबुनानीहरुका समग्रतालाई ख्याल गर्दै अभिभावक र शिक्षक बीचमा बच्चाको अध्ययनका लागि सहकार्य हुन जरुरी छ।

प्रकाशित: २३ वैशाख २०८० ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App