नेपाल सरकार र हलिया महासङ्घबीच भएको पाँचबुँदे सहमतिको भावना र मर्मअनुसार पुनःस्थापना कार्यमा प्रगति हुन नसक्दा अझै मुक्त हलिया कष्टकर जीवन बिताउन बाध्य भएको तथ्य सबैका सामु छ।
नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० ले नेपाल कानुन भन्नाले नेपाल ऐन वा नेपालको कुनै भागमा कानुनसरह लागु हुने ऐन, सबाल, नियम, आदेश वा उपनियम सम्झनुपर्छ भनी उल्लेख गरेको पाइन्छ।