वैवाहिक जबर्जस्ती करणी कसुर र सजाय कानुन कार्यान्वयन भएको दुई दशक हुन लाग्दा पनि अन्योल धेरै छ। एकाध उजुरी पर्दा ठूलै हल्ला, हाँस्यव्यंग, पक्ष/विपक्षका तर्कले यो विषयलाई हल्कारूपमा लिइएको बुझिन्छ।
संयुक्त राष्ट्रसंघबाट सन् १९७९ मा पारित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि अनुमोदन गरी कतिपय व्यवस्थाको पालना पनि हुँदै आएका छन्।