केहीअघि स्ट्यान्डर्ड चार्टड बैंकले बडो चलाखीपूर्ण ढंगले कर्जाको ब्याजदर बढायो । एक राष्ट्रिय दैनिकमा कर्जाको ब्याजदर निर्धारण गरी प्रकाशित गरिएको विज्ञापनमा बेस रेटभन्दा माथि ८ प्रतिशतसम्म थपेर कर्जाको ब्याज निर्धारण गरिएको थियो । बैंकले सबैभन्दा बढी व्यक्तिगत कर्जामा १४ प्रतिशतसम्म ब्याज लिने जनाएको छ भने सबैभन्दा कम डिप्राइड सेक्टरमा प्रवाहित हुने कर्जामा झण्डै ९.९७ प्रतिशतसम्म ब्याज लिने जनाएको छ ।