१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कृष्ण धरावासी


कृष्ण धरावासीका लेखहरु :

मर्नुभन्दा पहिला बाँच्नु पर्छ

मलाई बाँच्छु भन्ने थिएन । न्युयोर्कमा यस्तो अवस्था भइसकेको थियो, कोरोनाले भेटेमध्ये धेरै कम मात्र बाँचिरहेका थिए । हरेक दिन जुन प्रकारले बिरामीहरूको संख्या थपिँदै थियो त्यसले यस्तो लाग्न थालेको थियो यो नै मानवसभ्यताको अन्तिम समय हो ।

आइबी सर हामीसँगै

सबैभन्दा पहिले पढेँ मैले इन्द्रबहादुर राईलाई कथामा । ‘विपना कतिपय’ कथासंग्रह भित्रका कथामा उनलाई भरिभन्डै भावुक, कारुणिक र व्यावहारिक पनि पाएँ । त्यो पुस्तक पढ्दा म केटाकेटी नै थिएँ । कहाँबाट कसरी मैले त्यो किताब पढ्न पाएँ थाहा छैन, तर सबैभन्दा ज्यादा मलाई प्रभाव परेको कथा थियो, ‘मेरी दिदी’ ।

बिर्सिन नहुने व्यक्तित्व

मान्छेले आफ्नो स्वतन्त्र पहिचानका लागि आफैंले नदेखेका र नसोचेका बाटाहरूमा पनि पाइला राखिरहन्छ। समयका अनेकौं बिम्बहरूले मानिसलाई छुन्छ र नचिनेको धरातल उसको आधार भएर उभिन्छ। इतिहासका अनगिन्ती सम्भावनाबीच हेलिएर आफ्नै परिचय बिर्सिएका क्षणमा पनि उभिन बाध्य छ,

जगको इँटा र सीके प्रसाईं

टाडैबाट देखिन्छ मन्दिरको गजुर। चलाख मान्छेले दान गर्नुपर्‍यो भने ऊ मन्दिरमा गजुर हालिदिन्छ। सबैले देख्नेछन् त्यसलाई र त्यसको प्रशंसा गर्नेछन्। भनिरहने छन् पछिसम्म नै, त्यो गजुर फलानोले हालिदिएको, कति सुन्दर र कलात्मक छ। वास्तवमा मन्दिर, यदि त्यसमा सुन्दर

आर्यघाट र आँखाहरू

चार नै दिनको यो पापी चोला यो सानो गुमानी आखिर एकदिन हावाले छर्छ दुई मुठी खरानी। (देवकोटा) के साँच्चै भरत दाइ मरेकै हो त? के यो जलिरहेको चीता उसैको हो त? पशुपतिनाथको यही परिसरमा पाँच महिनाअघि भवानी घिमिरेकेा मलामी आउँदा मृत्युसँग असन्तोष व्यक्त गर्दै रसिल

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्