३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

चुनाव चिह्न भै पर्खूंला स्वस्तिक भई आऊ तिमी!

मुक्तक

१) मुक्तक

पक्कै जित्छु भन्दै हार्दा लाग्छ होला ज्यूँदै मर्नु

जित्ने निश्चित भयो भने खुशीयाली प्यूँदै गर्नु

सांसद मात्रै केही होइन अझै माथि पुग्नुपर्छ

मन्त्री बन्ने प्रयास गरी दौरासुरुवाल सिउँदै गर्नु।

२) मुक्तक

एकले जित्यो धेरले हार्‍याे जनतासामु आउँदै गर

विजयीले भन्दा बढी सबैमा गुन लाउँदै गर

चुनाव जित्न के हो गर्ने भन्ने राम्रो बुझेपछि

सेवा गरी जनताको मायामोह पाउँदै गर।

३) मुक्तक

घन्टीमय तारामय सूर्यमय रुखमय

माटो हलो जति दल छन् सबै उही स‍ोच भए

काँधमा काँध हातमा हात मिलाएर अघि बढ्दा

द्वन्द्व, हिंसा र विभेद हटी देश बन्थ्यो कि सुखमय।

४) मुक्तक

मूर्ति बनी कुरिराख्छु आस्तिक भई आऊ तिमी

कि बनूँला भौतिकवादी नास्तिक भई आऊ तिमी

सबैलाई तिम्रो मेरो निकटता देखाउन

चुनाव चिह्न भै पर्खूंला स्वस्तिक भई आऊ तिमी।

५) मुक्तक

न त बिउ न त विजन व्यर्थै भ्रम के छर्छौ भन

न छ भिउ न छ भिजन राजनीति के गर्छौ भन

बिना पूर्वयोजनाले माखो पनि मार्ने छैनौ

मुख चलाई खान बाँची जीवित छँदै मर्छौ किन?

प्रकाशित: ३० फाल्गुन २०८२ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App