गुरुहरू ज्ञानको दियो, बाटो उज्यालो बनाउने
अँध्यारोमा आशाको किरण जगाउने
शान्ति र माया लिएर हामीलाई सम्हाल्नुभयो
सधैँ शिष्टता र दया साथ हामीलाई अघि बढाउनुभयो।
शिक्षकहरूको आवाजमा छ मिठास अपार
उहाँहरूको शिक्षा हाम्रो जीवनको आधार
हरेक विद्यार्थीको सपनालाई साथ दिनुहुन्छ
सधैँ हाम्रो हृदयमा छाप बनी रही रहनुहुन्छ ।
शिक्षकहरूको मेहनतले हामीलाई मार्ग देखाउनुहुन्छ
अँध्यारोमा पनि उहाँहरूले उज्यालो फैलाउनुहुन्छ
पाठ सिकाउँदै जीवनलाई सुन्दर बनाइदिनुहुन्छ
हरेक पाइलामा साथ दिँदै सही र गलत छुट्ट्याइदिनुहुन्छ।
धन्य छौ हामी गुरूहरूको माया र साथमा
सधैँ उभिनुहुन्छ हाम्रा सपनाहरूको पवित्र मार्गमा
अन्त्यमा गुरू पूर्णिमामा हार्दिक नमन छ
सम्पूर्ण गुरु वर्गहरुमा सधैँ सफलताको शुभकामना छ ।
प्रकाशित: २६ असार २०८२ १८:५५ बिहीबार





