मरिण गाउँपालिकाले साहित्यकार बाबुराम श्रेष्ठ ‘निरुपम’ र रुपक जमरालाई सम्मान गरेकाे छ।
गाउँपालिकाले विभिन्न सम्मान तथा वितरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानको अध्यक्षतामा कार्यक्रम भएकाे हाे।
उक्त कार्यक्रमले पहिलोपटक मारिण गाउँपालिका स्थायी बसोबास गरी नेपाली साहित्यको आँगनमा आफ्नो सिर्जनात्मक सामर्थ्यमार्फत शब्दशिल्पको माधुर्य छर्दै नेपाली वाङ्मयको श्रीवृद्धि र उन्नयनमा पुऱ्याएको विशिष्ट योगदानको उच्च कदर गर्दै साहित्यकार बाबुराम श्रेष्ठ (निरुपम) र रुपक जमरा यो सम्मानपत्र अर्पण गरेको हो।
साहित्यकार निरुपमका दुई कवितासङ्ग्रह देश स्वप्न (२०६३) र बूढो समय (२०७९) बाबुराम श्रेष्ठका नाममा सार्वजनिक छन् भने २०८२ मा तेस्रो कृतिका रूपमा गीतसङ्ग्रह ‘कुमारी माया’ पाठकसामु ल्याएका छन्। साहित्यकार जमरा फुटकर रूपमा कविता लेख्दै आएका छन्।
उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष विमला माझीको विशिष्ट आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सरोकारवाला निकाय तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा शिक्षा, सामाजिक संरक्षण तथा प्रोत्साहनका कार्यक्रममार्फत लाभग्राहीहरूलाई सम्मान तथा सहयोग प्रदान गरिएको हो।
प्रकाशित: ४ फाल्गुन २०८२ ०९:२८ सोमबार


-600x400.jpg)


-600x400-wm.jpg)