७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

नियात्राविद् छाङ्छा सम्मानित

विश्व नेपाली साहित्य प्रज्ञाप्रतिष्ठान काठमाडौँ, नेपालले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान, स्रष्टा सम्मान तथा वसन्त काव्याेत्सव सम्पन्न गरेकाे छ।

वरिष्ठ संगीतकार बुलु मुकारुङको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा कार्यक्रम भएकाे हाे।

प्रज्ञाप्रतिष्ठानले स्रष्टा सम्मानअन्तर्गत नियात्राविद् जय छाङ्छालाइ सम्मान गरेकाे छ।

प्रमुख अतिथि, सभाध्यक्ष र विशेष अतिथिले स्रष्टाद्वय राई र विष्टलाई सम्मान अर्पिएकाे हाे।

स्रष्टा सम्मान तथा सिर्जना वाचन समारोह काठमाडाैँ –२९ घट्टेकुलोमा आयोजना गरिएकाे हाे।

कार्यक्रममा कविहरूले कविता वाचन गरेका थिए। संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले शब्दमार्फत उपस्थितजनलाई स्वागत गरेका थिए। उनले संस्थाको गतिविधि पनि प्रस्तुत गरेका थिए।

त्यसैगरी प्रसाईले सम्मानित स्रष्टाद्वय नियात्राविद् छाङ्छा र समाजसेवी सजीना विष्टको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए।

सम्मानित स्रष्टाद्वयले आआफ्ना अवधारणा प्रस्तुत गरेका थिए।

त्यसैगरी संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् प्राज्ञ लक्ष्मी उप्रेती र विमला निरौलाकाे संयुक्त रूपमा लेखिएको विलयन बालकाव्य मोबाइलका कुरा लोकार्पण गरिएको थियो।

लोकार्पित कृतिको परिचय स्रष्टा लक्ष्मी उप्रेतीले गरेकी थिइन्।

बालसाहित्यकार डा.छायादत्त न्यौपानेले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए।

संस्थाका सल्लाहकार किशोर उप्रेतीले सहजीकरण गरेकाे उक्त कार्यक्रममा भव्य सभ्य र उपलब्धिमूलक भएको तथा संस्थाले नेपाली भाषा साहित्यको क्षेत्रमा पुर्‍याएको योगदान स्तुत्य रहेको भन्दै प्रमुख अतिथि बुलु मुकारुङ लगायतले संस्थालाई धन्यवाद दिएका थिए।

घट्टेकुलो विकास समाजको सभाकक्षमा आयोजित कार्यक्रममा पूर्व राजदूत प्रल्हादकुमार प्रसाईं, उच्च माध्यमिक शिक्षा परिषद्का पूर्वउपाध्यक्ष नारायणप्रसाद कोइराला, विराटनगर महानगरपालिकाका पूर्वमेयर तथा गायक ध्रुवनारायण श्रेष्ठ, डा. फणीन्द्रराज निरौला, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ साहित्यकार सुरेशजंग शाह, राजनीतिज्ञ खगेन्द्रराज सिटौला, संस्थाका उपाध्यक्ष तेजेन्द्र प्रसाईं लगायत अन्य पदाधिकारीहरू तथा सदस्यहरू, शिक्षाविद् सोमनाथ निरौला, साहित्यकार तथा सञ्चारकर्मी राजनप्रसाद न्यौपाने, सम्पादक बालिका गिरी, समाजसेवी ऋषिराज ओझा, कलाकार साहित्यकार जीवन श्रेष्ठ, साहित्यकार प्रेमवली ढकलपूरे, समाजसेवी प्रवीण ओझा र ध्रुव प्रसाईं, रङ्गकर्मी राज रजक, साहित्यकारहरू ललिता दोषी, डि.आर राई, अविकेशर वली, प्रकाश समीर, आशिष ऐडि, सीता घिमिरे, उदयचन्द्र दास, परीक्षा कोइराला, राधिका दाहाल, विनोदकुमार श्रेष्ठ, तिर्थराज दाहाल, कोपिला शिवाकोटी, पवन प्रसाई, डा.धिरज प्रसाई, सिता प्रसाइ, निरज प्रसाई, अनमोल प्रसाई, मिना प्रसाई, आयुष प्रसाई, ममता चुडाल लगायत कलाकार, साहित्यकार, समाजसेवी, गायक, संगीतकार, गीतकार आदिको उपस्थिति रहेकाे थियाे।

प्रकाशित: ३ वैशाख २०८३ ०७:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App