तमिलनाडुको मुख्यमन्त्रीको पदमा अभिनेता तथा राजनीतिज्ञ विजय थलापतिले शपथ लिएका छन् । उनले आइतबार चेन्नईको जवाहरलाल नेहरु स्टेडियममा मुख्यमन्त्रीको शपद ग्रहण गरेका छन्।
तमिल सिनेमा उद्योगका लागि आजको दिन जति सुखद छ, दर्शकका रुपमा थलापतीका फ्यानहरू दुखी पनि उत्तिकै छन् । किन भने अब उनका फिल्म आउने छैनन् । सन् १९९२ देखि चलचित्र उद्योगमा प्रवेश गरेका थलापति तमिलका जन नायक बनेर उदायका छन्।
थलपतिको अन्तिम बहुप्रतिक्षित चलचित्र ‘जन नायकन’ को दर्शकलाई प्रतिक्षा छ। जनवरी ९ मै सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र हाल सम्म प्रदर्शन हुन सकेको छैन । पाँच महिनादेखि चलचित्र सेन्सर बोर्डमा अड्किएको छ। अब अनुमान गरिएको छ, थलपति मुख्यमन्त्री पदमा आएपछि चलचित्र छिट्टै प्रदर्शनमा आउँने छ। यो चलचत्रिमा पूजा हेगडे, बाँबी देओल जस्ता कलाकारहरुको अभिनय छ।
प्रकाशित: २७ वैशाख २०८३ १८:५४ आइतबार





