१ कार्तिक २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

कक्रोच आन्दोलनमा सहभागी भएपछि देश छाड्न इमरान खानलाई भारत सरकारको नोटिस

प्रहरी भन्छ: इमरान भारतीय नागरिक हैनन्

मुम्बई प्रहरीले आमिर खानको भान्जा तथा अभिनेता इमरान खानलाई नोटिस जारी गर्दै अक्टोबर २८ सम्म भारत छाड्न निर्देशन दिएको छ। इमरान अक्टोबर १० मा मुम्बईको अगस्त क्रान्ति मैदानमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै गरिएको प्रदर्शनमा सहभागी भएका थिए।

मुम्बई प्रहरीले अक्टोबर १० मा इमरानलाई हिरासतमा समेत लिएको थियो। उनी जुलाई २२ र २३ मुख्य चुनाव आयुक्त ज्ञानेश कुमार राजीनामाको माग गर्दै ‘ककरोच जनता पार्टी’ को प्रदर्शनमा पनि सहभागी भएका थिए।

प्रहरीका अनुसार इमरान भारतीय नागरिक होइनन् र उनी विरोध प्रदर्शनमा सहभागी भएका थिए। यस विषयमा उनीमाथि अध्यागमन कानुनका सम्बन्धित धाराअन्तर्गत कारबाही गरिएको छ।

इमरानको जन्म अमेरिकाको विस्कन्सिन राज्यमा भएको थियो। जन्मदेखि नै उनीसँग अमेरिकी नागरिकता र अमेरिकी पासपोर्ट छ।

उनी कानुनी रूपमा भारतीय नागरिक होइनन्। भारतमा बस्न र काम गर्नका लागि उनले ओभरसिज सिटिजनसिप अफ इन्डिया कार्ड प्रयोग गर्छन्।

इमराननले रिहाइअघि आफू र अन्य व्यक्तिहरूलाई करिब दुई घण्टासम्म प्रहरी भ्यानमा घुमाइएको बताएका थिए।

प्रकाशित: २९ आश्विन २०८३ ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App