बलिउड अभिनेता परेश रावलले चलचित्र ‘दृश्यम ३’ मा काम गर्न अस्वीकार गरेका छन्। चलचित्र दृश्यम ३ निर्माणको क्रममा छ। जसका पात्रहरूको धमाधम छनौट भइरहेको छ । यही चलचित्रमा काम गर्न प्रस्ताव आए पनि परेश रावलले अस्वीकार गरेका छन्।
बलिउड सञ्चार माध्यमले जनाए अनुसार उनलाई चलचित्रको मुख्य पात्रमा रहेको अभिनेता अजय देवगनले चलचित्रका लागी प्रस्ताव गरेका थिए।
रावलले भने भूमिका उपर्युक्त नलागेको बताएका छ्न । उलने भनेका छन्, ‘निर्माण पक्षले मलाई चलचित्रका लागी प्रस्ताव गरे । स्क्रिप्ट राम्रो छ । तर मलाई मेरो लागी यो भूमिका उपयुक्त लागेन्।’
२०१५मा चलचित्रको पहिलो भाग सार्वजनिक भएको थियो । दोस्रो भाग पनि सार्वजनिक भयो । दुवै भागले राम्रो व्यापार गरेका थिए। र यो भागको छायांकन चाँडै सुरु हुने निर्माण पक्षले जनाएको छ ।
प्रकाशित: ८ कार्तिक २०८२ १७:११ शनिबार





-600x400.jpg)