२ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

नेपाल चलचित्र निर्माता संघमा श्रीधर पौडेलसहित को-को निर्विरोध ?

नेपाल चलचित्र निर्माता संघमा नयाँ नेतृत्वका लागि उम्मेदवारको टुंगो लागेको छ । निर्वाचन समितिले सूची सार्वजनिक गरेको छ । जसअनुसार केही पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।  

निर्वाचित हुनेमा कोषाध्यक्ष र कार्यसमितिका सदस्य छन् । शनिबार उम्मेदवारी दर्ताको समय सकिएपछि निर्वाचन समितिले उम्मेदवारीमाथि कसैको दावी विरोध भए कार्तिक ३० गते ११ बजेदेखि २ बजेसम्म उजुरी गर्न सूचना जारी गरेको छ ।  

जुन सूचना अनुसार कोषाध्यक्ष रामप्रसाद रिजाल निर्विरोध भएका छन् ।  

त्यस्तै कार्यसमिति सदस्य ९ जना रहनेमा सात जनाको मात्र उम्मेदवारी परेकाले कार्यसमितिका सबै निर्विरोध भएका छन् ।  

निर्विरोध सदस्य चयन हुनेमा स्वर्णीम कम्युनिकेशन प्रालीका श्रीधर पौडेल, फिल्म मेकर्स प्रालीका चुम्बन जंङ्ग शाही, टंक बुढाथोकी प्रोडक्सन प्रालीका टंकबहादुर बुढाथोकी, विन्ध्याबासीनी क्रिएशन प्रालीका मनोजकुमार अधिकारी, मिडिया पोर्ट प्रालीका प्रवीण कार्की, वीर गोर्खाली फिल्मस् प्रालीका घनेन्द्र थपलिया तथा रेडआई फिल्मस् प्रालीका राजकुमार पण्डित छन् ।  

अध्यक्षमा सुनिलकुमार थापा र उदय सुब्बाको प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्षमा दीपेन्द्र के खनाल, रौनकविक्रम कडेँल र ज्योतीराज राई छन् । यी तीनमध्येबाट दुई जना उपाध्यक्ष चयन हुनेछन् ।  

त्यस्तै महासचिवमा किरण नेपाली र खगेन्द्रप्रसाद लामिछानेको प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै सचिवमा युवराज गिरी र कृष्णप्रसाद पोखरेल (किसान पोखरेल)को प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित: २९ कार्तिक २०८२ १७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App