बलिउड अभिनेत्री रकुल प्रीत सिंह उनको पति अभिनेता तथा निर्माता जैकी भगनानीको वैवाहिक जीवनलाई लिएर फेरि एकपटक चर्चा सुरु भएको छ। उक्त घटनापछि उनको बैवाहिक जीवनलाई लिएर कैयौँ टिका टिप्पणीहरु आइ रहेका छन्। यसपटक भने जैकी सामाजिक सञ्जालमा भाइरल भएको एउटा स्क्रिनसटका कारण उनको बैवाहिक सम्बन्घ चर्चाको केन्द्रमा परेका हुन्।
सामाजिक सञ्जाल र रेडिटमा सार्वजनिक भएको एक स्क्रिनसटमा जैकी भगनानीको नाममा ‘राया ’ नामक विशेष डेटिङ एपमा प्रोफाइल रहेको दाबी गरिएको छ। उक्त प्रोफाइलमा ‘अभिनेता, निमार्ता’ उल्लेख गरिएको छ भने लोकेसन लन्डन, बेलायत देखाइएको छ। यद्यपि ‘निमार्ता’ शब्दको लेखाई ९हिज्जे०गलत रहेको भन्दै धेरै प्रयोगकर्ताले यसको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।
हालसम्म उक्त प्रोफाइल वास्तवमै जैकी भगनानीकै हो वा होइन भन्ने विषय पुष्टि भएको छैन। त्यसैले भाइरल भइरहेको स्क्रिनसटको सत्यता अझै स्पष्ट भइसकेको छैन।
यसअघि पनि जैकी आफ्नो ‘सिचुएशनशिप’ सम्बन्धी अभिव्यक्तिका कारण चर्चामा आएका थिए। एक अन्तर्वार्तामा उनले आफू र पत्नी रकुल प्रीत सिंह विवाह बन्धनमा भए पनि आफूहरूले एकअर्कासँग खुला र सहज सम्बन्ध कायम राखेको बताएका थिए। उक्त भनाइको व्यापक आलोचना भएपछि रकुल प्रीत सिंहले त्यसलाई सन्दर्भविहीन रूपमा प्रस्तुत गरिएको भन्दै स्पष्टीकरण दिएकी थिइन्।
रकुलले सामाजिक सञ्जालमार्फत एक घण्टाको अन्तर्वार्ताबाट एउटा वाक्य मात्र निकालेर सनसनीपूर्ण शीर्षक बनाइएको भन्दै सम्पूर्ण सन्दर्भ बुझेर मात्र निष्कर्ष निकाल्न आग्रह गरेकी थिइन्।
अहिले भाइरल भइरहेको डेटिङ एपसम्बन्धी स्क्रिनसटपछि जैकी भगनानी फेरि चर्चामा आएका छन्। तर उक्त प्रोफाइल वास्तविक हो वा नक्कली भन्ने विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन।
प्रकाशित: १३ असार २०८३ १२:५२ शनिबार




-600x400.jpg)
