१७ भाद्र २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

विष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ को अडिओ सार्वजनिक, भिडिओ छिट्टै आउने

लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ रिलिजको अन्तिम तयारीमा पुगेको छ। गीतको अडिओ युट्युबमार्फत सार्वजनिक भइसकेको छ भने भिडिओ छिट्टै ल्याउने तयारी छ।

हरेक वर्ष तीज पर्वको अवसर पारेर विशेष सांगीतिक कोसेली लिएर आउने माझीका गीतको बजारमा सधैँ व्यग्र प्रतीक्षा हुने गर्छ। सार्वजनिक हुने क्रममा रहेको ‘घरबार’ गीतमा शब्द रचना तथा संगीत सुन्दरमणि अधिकारीको रहेको छ।

अडिओले चर्चा पाउन थालिसकेको यस गीतको भिडिओ भने निर्माणको अन्तिम चरणमा छ। भिडिओमा यसअघि पनि गायिका माझीकै गीतमा अभिनय गरेर चर्चा कमाएकी मोडल ललिता पौडेल नै मुख्य भूमिकामा देखिने भएकी छन्।

प्रकाशित: १७ भाद्र २०८३ १५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App