१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

नियात्राकार नन्दु उप्रेतीको तेस्राे नियात्रासंग्रह 'चीन यात्राका यादहरू' लाेकार्पण

नियात्राकार नन्दु उप्रेतीकाे तेस्राे नियात्रासंग्रह 'चीन यात्राका यादहरू' लाेकार्पण भएकाे छ।

केही समयअघि मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणका सिलसिलाहरू उक्त पुस्तकमा समेटिएका छन्। चीनको राजधानी पेइचिङ, व्यापारी केन्द्र साङहाई र पर्यटकीय क्षेत्र छङ्तुका भ्रमणका सन्दर्भहरू नियात्राको रूपमा प्रस्तुत गरिएको उक्त पुस्तकको प्रकाशक 'फ्रेन्ड्स अन द क्लाउड: प्लेटफर्म अफ इन्फ्लुएन्सर्स, नेपाल' भन्ने संस्था रहेको छ।

लाेकार्पण कार्यक्रम पनि सोही संस्थाको ब्यानरमा आयोजना गरिएको थियो।

संस्थाका अध्यक्ष शोभित उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा प्राडा गोविन्द मानसिंह कार्कीले गरेका थिए।

कार्कीले पुस्तकबारे चर्चा गर्दै भने,"उप्रेतीकाे नियात्रासङ्ग्रह 'चीन यात्राका यादहरू' ले चीनको ऐतिहासिक, सांस्कृतिक, राजनीतिक, पर्यटकीय, भौगोलिक आदि क्षेत्रको जानकारी प्रस्तुत गर्नुका साथै चीनको वर्तमान अवस्था अक्षरमा उतारेको बताए।

त्यसैगरी यहाँ चिनिया जनताको जीवनशैली उनीहरूको उपलब्धि चीनले गरेको चामत्कारिक विकासको अवस्था चीनको विकाससम्बन्धी भविष्यको परिकल्पना आदि कुरा साहित्यिक ढङ्गबाट रोचक शैलीमा प्रस्तुत गरिएको छ। नेपाली पाठकहरूका लागि यो एउटा  महत्त्वपूर्ण पुस्तकको रूपमा सार्वजनिक भएको ठानेको छु।"

कार्यक्रममा समीक्षक प्राडा कार्कीले सङ्ग्रहमा समेटिएका नियात्राबारे चर्चा गरेका थिए।  उनले लेखकको रोचक शैलीले यात्राका प्रत्येक सन्दर्भहरूलाई पठनीय बनाएको धारणा व्यक्त गरे। सम्झना, कल्पना र यथार्थको त्रिकोणात्मक मिलनले कृतिलाई नेपाली पाठकका लागि अत्यन्तै सम्झनायोग्य उपहार बनेको समीक्षक कार्कीको थियो।

नियात्राकार उप्रेतीले कार्यक्रममा आफूले चीनको यात्रामा देखेजाने र सुनेकाे कुरालाई आफ्ना लेखहरूमार्फत नेपाली पाठकहरूसामु प्रस्तुत गर्ने प्रयास गरेको बताए।

कविता, बालसाहित्य र साहित्यिक अनुसन्धानमा समेत कलम चलाउने नियात्राकार उप्रेतीको यसअघि 'फेवादेखि विवासम्म' र 'कालापानी यात्रा' दुई नियात्रासङ्ग्रह प्रकाशित छन्।

प्रकाशित: १० फाल्गुन २०८२ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App