८ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

साहित्यकार जयदेव भट्टराईको संस्मरणात्मक शब्दचित्र ‘नमन’ लोकार्पण

साहित्यकार जयदेव भट्टराईको संस्मरणात्मक शब्दचित्र ‘नमन’ को लोकार्पण भएको छ।

बिहीबार कुपन्डोल ललितपुरमा आरब्धले आयोजना गरेकाे कार्यक्रममा शशि शाह, भुवन चन्द, नूपुर भट्टाचार्य, शंकरनाथ रिमाल, तीर्थबहादुर श्रेष्ठ, शकुन्तला शर्मा, उर्मिला उपाध्याय, विजया शर्मा लगायतले कृतिकाे लोकार्पण गरेका हुन्।

उक्त कार्यक्रममा नाट्यकर्मी अशेष मल्लले पुस्तकबारे चर्चा गर्दै नेपाली साहित्य तथा विविध क्षेत्रका व्यक्तित्वबारे लेखिएको उक्त कृतिले सर्जकलाई अमरत्व प्रदान गर्ने बताए। अग्रज पुस्ताकाे व्यक्तित्व र कृतित्वबारे नयाँ पुस्तालाई बुझ्न सहयाेग पुग्ने पनि उनले बताए।

त्यस्तै समालाेचक प्राडा लक्ष्मणप्रसाद गौतमले नेपाली साहित्यका विविध विधामा कलम चलाएका साधकबारे  सुन्दर ढंगले निबन्धात्मक जीवनी प्रस्तुत गरेकाे बताए।

साहित्यकार भट्टराईले शशि शाह, विजया शर्मा, टेकवीर मुखिया, शान्ति ठटाल, प्रदीप रिमाल, रामशरण दर्नाल लगायतका साधककाे खोजी गरी पुस्तकमा समेटेकाे बताए।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान कुलपति केके कर्माचार्यकाे सभाध्यक्षता तथा चर्चित कवि ठाकुर वेल्बासेकाे सञ्चालनमा कार्यक्रम भएकाे थियाे।

उक्त कार्यक्रममा पूर्वकुलपति केके कर्माचार्यले कम बोलेर धेरै लेख्ने स्रष्टा भन्दै लेखेकलाई बधाई दिएका थिए।

साहित्यिक अन्वेषक भट्टराईले ‘मधुपर्क’ मासिक र ‘गाेरखापत्र’ दैनिकमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। आरब्ध प्रकाशनले प्रकाशन गरेको उनकाे संस्मरणात्मक शब्दचित्र ‘नमन’ मा विभिन्न क्षेत्रमा ख्याति प्राप्त ३८ व्यक्तित्वबारे लेखिएकाे छ।

प्रकाशित: ३१ आश्विन २०८२ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App