Brandsutra 2.0 मार्केटिङ र ब्रान्ड निर्माणसम्बन्धी नयाँ पुस्तक हो, जसले नेपाल र दक्षिण एसियाका बजारहरूको वास्तविक अनुभवमा आधारित दृष्टिकोण प्रस्तुत गर्छ। पुस्तकका लेखक उजय शाक्य, आउटरिच नेपालकाका संस्थापक तथा अनुभवी ब्रान्ड मार्केटिङ प्रोफेसनल हुन्।
उनको अनुभवले पुस्तकलाईस् ब्रान्ड कसरी बढ्छ, सान्दर्भिक रहन्छ र कहिले काहीँ किन असफल हुन्छ भन्ने विषयमा व्यवहारिक बनाएको छ। शाक्यका अनुसार, छोटो बाटो होइन, दीर्घकालीन सोच, सांस्कृतिक सन्दर्भ र जिम्मेवार ब्रान्ड निर्माणमा जोड दिन्छ। यसले ‘ब्रान्ड संरक्षण’ सोच अपनाउन प्रेरित गर्छ।
पुस्तकका सम्पादक प्रो. उज्ज्वल के चौधरी हुन्, जो दक्षिण एसियामा शिक्षा र सञ्चार क्षेत्रमा अनुभवी नेतृत्वकर्ता हुन्।
यो पुस्तक मुख्य रूपमा युवा मार्केटिङ प्रोफेसनल, व्यवसाय र विद्यार्थी, उद्यमी र ब्रान्ड लिडरहरूका लागि उपयोगी छ। यसले रणनीति भन्दा अघि दृष्टिकोणमा जोड दिन्छ—पोजिसनिङ, सान्दर्भिकता, विश्वास, सिर्जनशीलता र दीर्घकालीन ब्रान्ड संरक्षणबारे स्पष्ट सोच विकास गर्न मद्दत गछ।
Brandsutra 2.0 हाल नेपालमा उपलब्ध छ र छिट्टै अन्य दक्षिण एसियाली देशहरूमा पनि उपलब्ध हुनेछ।
प्रकाशित: २५ माघ २०८२ २१:२० आइतबार


-600x400.jpg)


