७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

बाह्र प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार'

साहित्य

नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत बाह्र प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने निर्णय गरेक‍ो छ। यी पुरस्कारका राशि जनही पचासपचास हजार रुपियाँ रहेका छन्।

नइ प्रज्ञा पुरस्कार' बाट प्राडा ऋषिराम शर्मा, प्राडा कपिलदेव लामिछाने, प्रा. केशव सुवेदी, प्राडा चक्रपाणि खनाल, प्राडा जङ्गब चौहान, प्राडा भरतकुमार भट्टराई, प्राडा महादेव अवस्थी, डा. रजनी काफ्ले ढकाल, प्राडा लक्ष्मणप्रसाद गौतम, प्राडा लेखप्रसाद निरौला, डा. साधना पन्त ‘प्रतीक्षा’ र डा.हर्कबहादुर शाहीलाई विभूषित गरिने भएको छ।

नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

नइ एकेडेमीले महासमालोचक प्राडा वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा तीनदिने 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्न लागेको हो।

नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईकाे अनुसार २०८२ साल चैत २७,२८ र २९ गते सम्पन्न हुने 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा 'नइ प्रज्ञा पुरस्कार' समर्पण गरिने भएको छ।

प्रकाशित: ७ फाल्गुन २०८२ १३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App