१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपाको चुनावी वाचापत्र सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी वाचा पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ।

‘नीतिगत प्रस्थानका १०० आधार’ नाम दिइएको उक्त वाचा पत्र बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको हो।

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापति स्वर्णिम वाग्लेसहितका शीर्ष नेताहरूले संयुक्त रूपमा वाचा पत्रको अनावरण गरे।

वाचा पत्रमा मुलुकको आर्थिक अवस्था सुधार, सुशासनको ग्यारेन्टी र सेवा प्रवाहमा आमूल परिवर्तनका लागि १०० वटा मुख्य बुँदाहरू समेटिएका छन्।

यो पनि पढ्नुहोस्

रास्वपाको थिति बसाल्ने सङ्कल्प: नीतिगत प्रस्थानका १०० आधारमा के छ ? (पूर्णपाठ)

प्रकाशित: ७ फाल्गुन २०८२ १५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App