१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

समीर भट्टको एक्सन फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक

अभिनेता समीर भट्टको एक्सन फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा भट्टको एक्सन र भावनात्मक संवादको संगम रहेको ट्रेलरमा देख्न सकिन्छ ।

नेपाली चलचित्र उद्योगमा दर्शकले सर्वाधिक प्रतीक्षा गरेको चलचित्र हो ‘बलिदान’ । शुक्रबार ट्रेलर सार्वजनिक गर्नुअघि नै पोस्टर, प्रि–पोस्टर, टिजर र गीतले दर्शकमा उत्सुकता थपेको थियो ।  

ट्रेलरको सुरुवातमा आमाले छोरासँग देश र अस्मिता बचाउन गरेको वचनलाई देखाइएको छ। आमाको भूमिकामा अभिनेत्री ऋचा शर्मा छन् । उनको छोरासँगको संवाद ‘देशको माटो र यसको अस्तित्वमाथि कुदृष्टि लगाउने रक्तबीजलाई तैले संहार गर्नेछस्’ भन्दै वचन मागेको देखिन्छ । जहाँ राष्ट्रिय प्रेम, राष्ट्रियता र भावनात्मक दृश्यको सेरोफेरोमा फिल्म रहेको अनुमान गर्न सकिन्छ ।

ट्रेलरमा अभिनेता समीर भट्टको ठूलो स्वरमा ‘मेरो शरीरको एक थोपा रगत माग दिन्छु। जे भन्नु छ मलाई भन सुन्छु। तर मेरो आमाको बारेमा केही भनिस् भने काटिदिन्छु।’ यो संवादसँगै उनी शक्तिशाली रुपमा देखिएका छन् । उनका फाइटलाई दमदार रुपले देखाइएको छ ।

ट्रेलरमा अर्पण थापा, सौगात मल्ल, महेश बुढाथोकीको फरक रुप देखिन्छ।  

चलचित्र ‘बलिदान’ लाई नेपालको मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै प्रतीक्षित नेपाली चलचित्रका रुपमा हेरिएको छ। निर्देशक सन्तोष सेनले ‘बलिदान’ केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतिक रहेको बताए ।

सुजन चापागाईको स्वरमा रहेको गीत ‘यो ज्यान बलिदान’ निकै चर्चामा छ।  

‘आसुसेन फिल्मस् प्रालि’ को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ। यसको निर्माता पवन ब्राडफोर्ड र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

फूलपातीको दिन सार्वजनिक हुने यो फिल्मले इतिहास रच्ने विश्वास निर्माताको छ।

प्रकाशित: ३ आश्विन २०८२ १९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App