२० पुस २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक

चलचित्र मरिचमान श्रेष्ठको मुख्य भूमिका र निर्देशनमा निर्मित चलचित्र ‘गोबर गणेश’ को ट्रेलर आज शुक्रबार सार्वजनिक भएको छ।

तीन मिनेट २० सेकेन्डको ट्रेलरमा सुन्दर गाउँको छायांकन देखाइएको छ। गाउँमा हुर्केका मुख्य पात्र जब आफ्नो सपना पच्छैदै सहर पैसा कमाउन पुग्छ। त्यहाँ उसले कमाउने क्रममा भोगेका अनेक थरीका चुनौती र बाधाको सामना गर्नु परेको ट्रेलरमा समेटिएको छ।

मरिचमानको यो ठुलो पर्दामा डेब्यु हो। यो भन्दा अगाडि उनले टिभी श्रृंखलाहरुमा अभिनय गरेका छन्। चलचित्रमा पदम तामाङ, पूजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङ, विशाल पहाडी लगायतको अभिनय छ । बल्छी धुर्बे फिल्म्सले यो चलचित्रलाई निर्माण गरेको हो ।

‘गोबर गणेश’ अगामी १ माघदेखि प्रदर्शनको तयारीमा छ ।

प्रकाशित: १८ पुस २०८२ १८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App