२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

तीन टुक्का कवितासङ्ग्रह लोकार्पण तथा स्रष्टा सम्मान

‘टुक्का साहित्य समाज’ ले तीन टुक्का कवितासङ्ग्रह ‘रश्मिपुञ्ज', ‘टुक्काकाे मुक्का’, र ‘नारी टुक्का कवितासंग्रह’ काे लोकार्पण गरेकाे छ।

नेपाल प्रज्ञाप्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेतकाे प्रमुख आतिथ्य तथा  टुक्का साहित्य समाजका काेषाध्यक्ष हाेमप्रसाद नेउपानेकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे हाे।

साहित्यकार प्रमोद नेपालको चाैथाे कृति ‘रश्मिपुञ्ज', भारत र नेपालका छत्तीस नारी स्रष्टाको संयुक्तसङ्ग्रह ‘नारी टुक्काकविता' र  भारतका टुक्काकार रतन पाण्डे ‘पारतन’ काे कृति ‘टुक्काकाे मुक्का’ लोकार्पण गरिएको हाे।

टुक्का साहित्य समाजकी सदस्य शाेभा आचार्यले शब्द मार्फत उपस्थित जनलाई स्वागत गरेकी थिइन्।

‘रश्मिपुञ्ज’ लगायतका उपर्युक्त कृतिहरू प्रमुख अतिथि बस्नेत, साहित्यकारहरू रामप्रसाद पन्त, किरण आचार्य, अरुण खत्री, 'नदी', राजेशराज गड्ताैला र दार्जिलिङकी साहित्यकार हन्नाह क्षेत्रीले लाेकार्पण गरेका थिए।

उक्त कार्यक्रममा टुक्काकविता लेखन अभियानमा विशिष्ट याेगदान पुर्‍याएबापत ‘रश्मिपुञ्ज’ कृतिका सर्जक प्रमाेद नेपाललाई 'टुक्का साहित्य समृद्धि सम्मान २०८२' अर्पिएकाे थियाे।

त्यसैगरी 'नारी टुक्का कविता' संयुक्तसङ्ग्रहकाे संयाेजक दार्जिलिङकी साहित्यकार हन्नाह क्षेत्रीलाई अन्तर्राष्ट्रिय स्तरमा सर्जकहरूलाई एकताकाे सूत्रमा आबद्ध गरेबापत ‘टुक्का साहित्य समृद्धि अन्तर्राष्ट्रिय सम्मान २०८२’ अर्पिएकाे थियाे।

प्रमुख अतिथि बाबा बस्नेतले टुक्का कविताले पाठक वर्गकाे मन जितिरहेकाे भन्दै प्रज्ञाप्रतिष्ठान यस्ता विधाकाे प्रवर्द्धनमा सकारात्मक रहेकाे बताइन्।

विशिष्ट अतिथि रामप्रसाद पन्तले प्रमाेद नेपालकाे 'रश्मिपुञ्ज’ काे प्रकाश पार्दै टुक्का जस्ता कविताकाे उपविधा साहित्यका अन्य विधासँगसँगै गएमा नेपाली साहित्यकाे उन्ननयनमा सहयाेग पुग्ने बताए।

प्रमाेद नेपालले दायित्व पत्रिकामा २०४४ सालदेखि कविता आदि लेख्दै आएकाे बताए।

अर्का विशिष्ट अतिथि किरण आचार्यले 'नारी टुक्काकविता’ काे टिप्पणी गर्दै नारीहरूले संयुक्तसङ्ग्रह निकालेकाेमा खुशी व्यक्त गर्दै बधाई दिएकी थिइन्।

दार्जिलिङकी साहित्यकार हन्नाह क्षेत्रीले भारतमा टुक्का कविताकाे लेखन अभियान र रतन पाण्डे ‘पारतन’ काे चर्चा गरेका थिए।

टुक्का सहित्य समाजका महासचिव चुडा निर्भीकले सञ्चालन गरेकाे कार्यक्रममा साहित्यकाहरू अरुण खत्री, मदन नेपाल, वसन्तराज अज्ञात, राजेश गडताैला प्राडा जनार्दन आचार्य, इन्दु श्रेष्ठ, सराेज नेपाल, सानुराजा अञ्जान, रेणु अधिकारी 'माैनता’, घन थापा, पवनकुमार बुढाथोकी, जमुना आचार्य, बेदु न्याैपाने, रामशरण न्याैपाने, शाेभा आचार्य  लगायतको उपस्थिति थियो।

कार्यक्रमकाे आयाेजनामा पुतलीसडकस्थित ग्रिनलिफ फुडल्याण्ड क्याफेमा भएकाे थियाे।

प्रकाशित: ३ फाल्गुन २०८२ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App