१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

हार होइन यो

गीत

हिँड्दा हिँड्दै थकित छु‚ हार मेरो होइन यो  

नयाँ जोस र उर्जाले‚ फेरि उठ्ने तयारी हो।

 

कर्तव्यको बाटो हिँड्छु‚ छैन झेल्न सजिलो

सत्यको बाटो रोज्छु सधैं‚ छैन पेल्न सजिलो

बाँच्नका लागि सङ्घर्ष गर्दै‚ सङ्घर्षमै बाँच्नु छ

जीवनको यो यात्रामा‚ शिखरमा चढ्नु छ।

 

पुग्न हतार छ भनेर यहाँ‚ आकाशमा उड्दिनँ म

झुटाका त खुट्टा हुन्नन्‚ झुटा कुरा बोल्दिनँ म

मिलेर बस्ने संसार यो‚ सँगै हाँस्न सिकाउँछ

रमाएर बाँच्न सिक्यौँ भने जुनीभरि हँसाउँछ।

प्रकाशित: १६ फाल्गुन २०८२ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App