११ भाद्र २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

लुकाउँदै आँसु टिलपिल छन् यी आँखाहरू

गजल

१) गजल

ओत नहुँदै पनि न्यानो लाग्ने ती हिउँद्का कठ्याङग्रिँदा रातहरू,

अस्तव्यस्त र लथालिङ्गलाई सुन्दर बनाउने तिम्रा साथहरू।

कति शालीन र भद्र थिए हाम्रा हरेक मौनताहरू,

तिमी किनार अनि म नदीझैं साटिएका जस्तै हाम्रा हातहरू।

गुमेको बच्पन, लुटिएको खुशी र खोसिएको जवानी, 

तिम्रो उपस्थिले फर्काउँथ्यो सबै उस्तै कर्ण प्रिय हाम्रा बातहरू

म डुब्छु मेटिने गरी आफ्नो अस्तित्व न खोज्नु उही तिमी भनी,

यो गगन चुम्नु स्वर्ण जित्नु के खुशी मिल्छ र खै तिम्रै पाउ चुम्न चाहन्छन् यी माथहरू।

२) गजल

लुकाउँदै आँसु टिल्पिल छन यी आँखाहरू,

हेरिरहन्छ्न कहिल्यै नफर्किनेका बाटाहरू।

सोध्न मन थियो के जित्न मलाई हरायौ भनेर

भन्न नसक्दै रोकिन्छन् आँसुले दुखेका मुटुका कथाहरू

फिर्ता नहुने जवानीसँगै गुमाएका मेरा अस्तित्वको,

असुल्ने त चाह हैन बस, नबल्झिए उस्तै व्यथाहरू।

कस्तो निर्दयी मुटुनै हुने पनि, लाग्छ उ ढुङ्गा हो,

भुल्न खोज्यो बिझाउँछ्न् मुटुमा दुख्ने तिनै पाटाहरू।

प्रकाशित: ३० चैत्र २०८२ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App