२८ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

९९ औँ अस्करका लागि ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ नेपालबाट छनोट

अविनाश विक्रम शाहको निर्देशनमा बनेको 'नीहरू–एलिफेन्ट्स इन द फग' एकेडेमी अफ् मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसद्वारा सन् २०२७ मा घोषणा गरिने ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)का लागि छनोट भएको छ। छनोट समितिका अनुसार यसको प्रतिस्पर्धी बन्नका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) मा दुई नेपाली कथानक चलचित्रहरू 'तिनीहरू– एलिफेन्ट्स इन द फग' र “गौँथली” प्राप्त भएका थिए।

प्राप्त दुवै चलचित्रहरूको मूल्याङ्कन गरी एकेडेमीका मापदण्ड अनुरूप उच्च स्तरीय एवम् उत्कृष्ट एक चलचित्र सिफारिस गर्नुपर्ने भएकोले प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखी गहन अध्ययन पश्चात् उक्त अवार्डमा नेपालको तर्फबाट प्रतियोगीका रूपमा चलचित्र “तिनीहरू–एलिफेन्ट्स इन द फग”लाई छनोट गरिएको छ।

कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा छनोट भएको यो फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, आशान्त शर्मा, गौरी मल्ल, माओत्से गुरूङलगायत कलाकारहरूको अभिनय छ।  

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)का अध्यक्ष लक्ष्मीनाथ शर्माले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।कान्समा ऐतिहासिक उपलब्धि हासिल गरेपछि अहिले यो फिल्म नेपालमा दोस्रो सत्तामा प्रदर्शनरत छ।

प्रकाशित: २८ भाद्र २०८३ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App