३ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

भत्किन लागेको पर्खाल

कविता

म भत्किन लागेको पर्खाल हूँ

यो वर्षाको भार झन्

गहकिलो भइरहेको छ

इन्द्र म उभिन्छु वा ढल्छु

यो सब तिम्रो हातमा छ।

उता चिता तयार छ जलाउन

आफन्त लामबद्ध छन् खरानी पखाल्न

सेतो धरामा छरिएको छ रातो रङ

जहिल्यै आँसु दिनेहरू

अहिले पनि दिइरहेछन्

अपमानको सौगात

आँखा बन्द गराएर

नाकमा रुवा खाँदिएको म

उसै गरेर थापिरहेको छु हात

ओ! म मर्दा लाम लागेर

सहयोग गरेका मान्छेहरू

अरूको जिउँदैमा हात थामिदिनु

नत्र तिम्रै आँखा अगाडि ढल्ने छ

अर्को उस्तै अवस्थामा रहेको पर्खाल।

प्रकाशित: ३ श्रावण २०८३ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App