३ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि छलफल

प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। 

समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैङ्कर्स सङ्घ र बैङ्क तथा वित्तीय संस्था परिसङ्घका पदाधिकारीसँग छलफल भएको समितिका सचिव लक्ष्मण अर्यालले बताए। छलफलमा अर्थ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैङ्कका प्रतिनिधि पनि सहभागी थिए। 

सरकारले गत जेठ ११ गते सो विधेयक सङ्घीय संसद्मा दर्ता गराएको थियो। मुलुकको मौद्रिक तथा वित्तीय प्रणालीलाई थप सुदृढ, विश्वसनीय र समयसापेक्ष बनाउन वाञ्छनीय भएकाले राष्ट्र बैङ्क ऐनलाई संशोधन गर्न सो विधेयक तर्जुमा गरिएको अर्थ मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ३ श्रावण २०८३ १४:४५ आइतबार