फुटुङ् गाउँमा गोरे भन्ने एक युवक थियो। ऊ सबैलाई “म सबैको भलो चाहन्छु, माया गर्छु” भनेर मिठो बोली बोल्थ्यो। कसैलाई काम परे उसले तुरुन्त “म गरिदिन्छु” भन्थ्यो। बिस्तारै गाउँका मानिसहरू उसमाथि भरोसा गर्न थाले।
एकदिन उसले पैसा अभाव भएको भन्दै छिमेकीहरूसँग थोरैथोरै रकम सापटी लिन थाल्यो।
“दुई दिनमै फिर्ता गर्छु” भन्दै सबैलाई विश्वास दिलायो। कसैले पनि शंका गरेनन् किनकि गोरे त सबैको प्रिय थियो। विशेष गरेर महिला र युवा केटाकेटी उसको मीठो बोलीको जालमा परिहाल्थे।
तर दिन बित्दै गयो, हप्ता बित्यो, महिना बित्यो - गोरेले न पैसा फिर्ता गर्यो, न त गाउँमै देखियो। पछि थाहा भयो, ऊ त धेरै जनासँग पैसा उठाएर सुटुक्क "कोट म्यारिज" गरेर विदेश भागिसकेको रहेछ।
गाउँलेहरू पश्चात्ताप गर्न थाले, “मिठो बोली सबै साँचो हुँदैन रहेछ!”
प्रकाशित: २१ चैत्र २०८२ ०८:२१ शनिबार



-600x400.jpg)

