सामाजिक सञ्जालमा लेखेर होस् वा कुनै पनि कुरामा दिएको अभिव्यक्तिले गायिका ज्योति मगर बेलाबेलामा चर्चामा आइरहन्छिन्।
हालै मात्र मगरले सामाजिक सञ्जालमा एउटा गजल राखेकी छिन्। अहिले उनको गजलको राम्रै चर्चा भइरहेको छ। मगरले राखेको गजलमा ‘पुरुष’ प्रति सहानुभूति दर्साइएको छ।
यता अर्की गायिका एलिना चौहानले पूर्वपति विष्णु सापकोटालाई विभिन्न आरोपहरू लगाइरहेको समयमा ज्योतिको यस्तो गजल आउनुले धेरैले उनैप्रति लक्षित गरेको अनुमान गरेका छन्। तर ज्योतिले नाम नलेखेको हुँदा सापकोटा लक्षित गरेर यो गजल लेखेकी हुन् वा होइनन् त्यो उनैलाई थाहा छ।
यस्तो छ ज्योतिले लेखेको गजल
हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ
कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ...
बोल्यो भने नामर्द कहलाउ छ र त
हजार लाञ्छना गाली गलौच चुपचाप सुन्छ ऊ,
हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ
कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ...
आफै ढल्छ आफै उठ्छ आफै लाई सुम्सुम्याउछ
तिम्ले दिएको कालो दाग आफ्नै आँसु ले धुन्छ ऊ,
हो ऊ पुरुष हो सधैँ बलवान् हुन्छ ऊ
कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ...
बडेमान को जिउ भित्र सानो बालक लुकेको छ
प्रेम पाए श्रद्धा ले तिम्रो पाउ नै छुन्छ ऊ,
हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ
कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ...
समाज को नजर मा दोषी बनाइ गिराइदेऊ
तर पनि सबसे पहिला तिम्रै खुसी चुन्छ ऊ,
हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ
कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ...
कस्तो कठोर मुटु उस्को वियोग मा नि हासीरन्छ
छल्किनै आटेको पीडा लाई जबरजस्ती थुन्छ ऊ,
हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ
कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ...
माया गरे जस्तो गर भ्रम को खेती गोड्न थाल्छ
भ्रम को फूल फुलाइ सुन्दर माला बुन्छ ऊ,
हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ
कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ...
ज्योति मगर...
प्रकाशित: ७ श्रावण २०८२ ०८:२६ बुधबार





