‘तेरी ओरे चला’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ। उक्त गीत श्री सिम्फाेनिक स्टुडियाे युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।
गीतमा शंकर थापा स्माइल र श्री चाम्लिङ राईकाे शब्द रहेकाे छ। शंकर थापा स्माइलकाे मीठाे संगीत र सुरेश लामा र दीपा तामाङकाे मीठाे स्वरले गीतले जीवन्तता पाएकाे छ। उक्त गीतकाे निर्देशक केशवराज भट्ट र एरेन्जर विषम आचार्य रहेकाे छ। उक्त म्युजिक भिडियाेमा अभिषेक श्रेष्ठ र श्रितिका श्रेष्ठले अभिनय गरेका छन्।
तेरी ओरे चला श्री सिम्फोनिक स्टुडियो प्रस्तुत रहेकाे छ। उक्त गीतकाे हिन्दी गीत सुरेश लामा र शंकर थापा स्माइल र नेपाली गीत श्री चाम्लिङ राई रहेकाे छ। समूह स्वरमा शंकर थापा स्माइल, देवेन्द्र बराल, एस्माइल दास र विषम आचार्य रहेकाे छ।
प्रकाशित: ९ वैशाख २०८३ १०:३७ बुधबार





