१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘रमिता को पिरति’को अफिसियल टिजर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र रमिता को पिरतिको अफिसियल टिजर सार्वजनिक भएको छ । टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ।  

लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भूमिकामा देखिएका छन्।

टिजरमा अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, दुःखदेखि हृदयवेदना सम्मका विभिन्न भावनात्मक अवस्थाहरूमा देखाइएको छ, जसले फिल्मले एउटा युवतीको गहिरो कथा बोकेको संकेत गर्छ।

टिजर हेर्दा फिल्म केही फरक लाग्छ । एक यूवतीको मनोविज्ञानलाई फिल्मले बोलेको देख्न सकिन्छ । सेरो फिल्मस्को प्रस्तुतिमा यो फिल्म तयार भएको हो ।  

यो फिल्म विशेष रूपमा एक महिला पात्रको कथा प्रस्तुत गर्छ, र झनै रोचक कुरा फिल्मलाई लेखन र निर्देशन महिला निर्देशक सुदीप्ताले गरेकी छन्।

फिल्म आउँदो भ्यालेन्टाइन २०२६ अर्थत माघ २३ मा सार्वजनिक हुँदैछ। फिल्मका निर्माता सागर लम्साल हुन् । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् । 

प्रकाशित: १३ मंसिर २०८२ २०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App