५ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘घरज्वाइँ’ निर्माता र अनिल बुढा मगरको निर्देशनमा नयाँ फिल्म ‘मितज्यू’मा सौगात मल्ल फाइनल

लाेकप्रिय अभिनेता सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको ‘मितज्यू’ फिल्ममा अनुबन्धित भएका छन्। निर्माण टिमले बिहीबार उनलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत बनाएको घोषणा गरेको हो।

यसअघि नै फिल्मका लागि दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका थिए। अब सौगातको आगमनसँगै दयाहाङ र सौगातको शक्तिशाली पुनर्मिलन हुने भएपछि फिल्मप्रति दर्शकको उत्साह झन् बढेको निर्माण पक्षको विश्वास छ। यस फिल्मका लागि अन्य कलाकार पनि फाइनल गर्ने क्रम जारी रहेको निर्देशकले बताएका छन्।

फिल्मको कथा महेश राईले लेखेका हुन् भने निर्माणमा सुपरहिट फिल्म ‘घरज्वाइँ’ का निर्माता जनक घर्ती मगर छन्। निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरको यो दोस्रो सहकार्य हो।

फिल्मको सिनेमाटोग्राफी शिशिर बिशङ्खेले सम्हाल्नेछन्। ‘जि.एम. मुभिज प्रोडक्सन प्रालि’ को ब्यानरमा निर्माण हुने यो फिल्म मंसिर दोस्रो हप्तादेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा छायांकन सुरु गर्ने तयारीमा छ।

निर्माण पक्षकाे अनुसार फिल्म यसै वर्षको चैत २७ गते प्रदर्शनमा ल्याउने लक्ष्य छ। कलाकारहरूको बलियो संयोजन र नयाँपनले भरिएको कथाले गर्दा ‘मितज्यू’ नेपाली फिल्म बजारमा बहुप्रतीक्षित प्रोजेक्टको रूपमा हेरिन थालेको छ।

प्रकाशित: ९ श्रावण २०८२ १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App