११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक

माइकल चन्दको निर्देशनमा बनेको चलचित्र ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ आज सार्वजनिक भएको छ।

नयाँ वर्षको अवसर पारेर सावैजनिक हुन लागेको चलचित्र चैत २७ गते सिनेमाघरमा प्रदर्शन हुने छ।

उक्त गीतमा गायिका रचना रिमाल र बाबुल गिरीको स्वर रहेको छ। गीतको शब्द डा. डीआर उपाध्यायको हो भने संगीत गायक बाबुल स्वयंको रहेको छ। यस्तै, यसको भिडिओमा चलचित्रका शीर्ष कलाकार अभिनेता विराज भट्ट र अभिनेत्री सुपुष्पा भट्ट फिचर्ड छन्। गीतमा कलाकारको नृत्य र मायाप्रेमको कुरा गरेको सुन्न सकिन्छ।

चलचित्रमा विराज र सुपुष्पाका साथमा सुशील क्षेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरीलगायत कलाकारहरूको अभिनय छ।

उपेन्द्र शाही र श्वेता बिमली चलचित्रको निर्माता हुन्। एक्सन, लभ र सस्पेन्स कथामा फिल्म बनेको छ।

प्रकाशित: १० फाल्गुन २०८२ १६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App