१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘साहित्य सिर्जना र संवाद’ काे ७० औँ शृङ्खला सम्पन्न

राष्ट्रसेवक ऋण तथा बचत सहकारी संस्था विराटनगरले ‘साहित्य सिर्जना र संवाद’ काे ७० औँ शृङ्खला सम्पन्न गरेकाे छ।  

संस्थाकाे सभाहलमा साहित्यकार शिवनारायण सिंघलकाे सभाध्यक्ष, कवि तथा साहित्यिक पत्रकार अच्युत घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

साहित्यकार गाेपाल निर्भीकले सञ्चालन गरेकाे कार्यक्रममा भवानीप्रसाद पाेखरेल, गाेविन्द ढुङ्गाना, बाबुराम पाेखरेल, शैलेन घिमिरे, शम्भुप्रसाद भट्टराई, डाेमी कामत, विकल्प काैशिक, रिज्मा रेग्मी, निर्मला नेपाल, रेवतीरमण रेग्मी, एकनाथ ढकाल, सरिता तुलाधर, गाेविन्द भगत, प्रिन्स प्रमाेद ढकाल, भरत बर्बरिक, गाेपाल निर्भीकले कविता वाचेका थिए।

कार्यक्रममा प्रमुख अतिथि अच्युत घिमिरेले सांस्कृतिक र भाषिक विविधतायुक्त हाम्रो देशमा बाेलिने सबै भाषालाई सिर्जनाका माध्यमबाट समान महत्त्व दिँदै अघि बढ्नुपर्ने बताए। उनले काेसी प्रदेशको केन्द्र विराटनगर नेपाली साहित्य उर्वर भूमि भएको र यहाँका स्रष्टाहरू निरन्तर सिर्जना कर्ममा लागिरहेकाे पनि बताए।

नगेन्द्रमणि न्याैपाने र विद्या न्याैपानेले प्रत्येक महिना गाेलाप्रथाबाट एकजनालाई दिइने   १,१००/- रुपैयाँकाे सहभागी प्राेत्साहन पुरस्कार यसपटक सरिता तुलाधरलाई प्रदान गरिएकाे थियाे।

प्रकाशित: ११ आश्विन २०८२ १३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App