चकलेटी नायक आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ आउँदैछ। उक्त फिल्मको टिजर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक टिजरमा आर्यन फरक अवतारमा देखिएका छन्। फिल्ममा आर्यनसँगै करुणा श्रेष्ठको पनि अभिनय छ।
बानीमा नेपालको एक युवा र सिक्किमकी एक युवतीको वियोगान्त कथा देख्न सकिन्छ। भिडिओमा नेपालको युवा आर्यन हुन् भने उनको सिक्किमकी युवती करुना श्रेष्ठसँग प्रेम बस्छ। प्रेम पछि आउने उतारचढाव रोचक ढंगबाट प्रस्तुत गरिएको छ। बानीका यसअघि दुई पोस्टर सार्वजनिक भइसकेका छन्। दुई पोस्टरमा आर्यनलाई एंग्रि ब्वाई र लभर ब्वाई दुवै क्यारेक्टरमा प्रस्तुत गरिएको छ।
फिल्ममा दिनेश क्षेत्रीको शब्द, संगीत र स्वर रहेको छ। भिडिओ कन्सेप्ट नै दिनेशको हो। भिडिओमा सम्वाद पनि दिनेशसँगै केशव भट्टराईले लेखेका छन्। भिडिओमा आर्यन र करुनासँगै सबिन कट्टेल र सुस्मिता श्रेष्ठको पनि अभिनय देख्न पाइनेछ।
उत्सव दाहालको छायांकन रहेको भिडिओलाई विकास दाहालले सम्पादन गरिरहेका छन्। भिडिओको निर्देशन भने सुब्रत आचार्यले गरेका हुन्। याे फिल्म यही पुस १० गते रिलिज हुने तयारीमा छ।
प्रकाशित: १ पुस २०८२ १३:४६ मंगलबार





