पोखरा-३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा प्रतिभा प्रस्फुटन प्रतियोगिता भएको छ।
विद्यार्थीहरूले गीत, कविता, अभिनय जस्ता प्रतिभा प्रस्तुत गरेका प्रतियोगिताका विजेताहरूका लागि २०७५ मा एसइई पास गरेका पूर्व विद्यार्थीहरूले पुरस्कारको व्यवस्था गरेका थिए।
प्रतियोगितामा माध्यमिक तहतर्फ सागर खत्री, सफला सुनार र मन्जिता गुरुङ, आधारभूत तहतर्फ वर्षा सुनार, शिवानी गुरुङ र सुवासना श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए। यस्तै आधारभूत तह (कक्षा १–३) तर्फ आशिका गुरुङ, आयुषा सुनारी मगर र प्रतीक सुनार क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए।
यसै गरी सोही अवसरमा भएको खुला चित्रकला प्रतियोगितामा माध्यमिक तहमा रवि खत्री र सन्ध्या परियार, आधारभूत तहमा मौसमी राजबाहक, करिस्मा केसी, आइतीमाया तामाङ, ओम तामाङ, मेग्ना राजबाहक र अलिमा ओली उत्कृष्ट भएका थिए। कक्षा ८ का रक्षक श्रेष्ठ, कक्षा २ की उषा घले र बालविकासका सिमियुन तामाङले प्रोत्साहन पुरस्कार पएका थिए।
प्रतियोगिताका निर्णायकहरूमा आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेल, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी गिरी र पूर्व विद्यार्थी भुवन थापा निर्णायक रहेका थिए। विजेताहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मा, विद्यालय व्यवस्थाप समितिका सदस्यद्वय खिमबहादुर खत्री र कृष्णकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।
प्रकाशित: ११ मंसिर २०८२ ११:४३ बिहीबार





