निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले सन् २०१६ मा प्रेम विवाह गरे। झन्डै एक दशक पुरा गरेका यी दम्पती हाल फेसबुकमा साथी छैनन्।
बिहीबार स्वस्तिमाको मुख्य भूमिका रहेको चलचित्र ‘लालीबजार’ को भव्य प्रिमियम सम्पन्न भयो। प्रिमियरमा दर्जनौँ कलाकारहरू पुगेका थिए। सो क्रममा बस्नेत पनि श्रीमतीको साथ उपस्थित थिए।
सोहि क्रममा त्यँहा उपस्थित सञ्चारकर्मीले उनीहरुसँग कुराकानि गरेका थिए। सञ्चारकर्मीको तपाई र स्वस्तिमाको पुराना दिनका म्यासेज अझ पनि छन्? भन्ने प्रश्नमा निश्चलले आफूले म्यासेज डिलिट नगरेको बताए। उनले भने,‘होला, मैले डिलिट गरेको छैन। र धेरै वर्ष भई सक्यो हामी फेसबुकमा फ्रेन्ड पनि छैनौँ।’
स्वस्तिमाले रिस उठेको बेला आफूलाई ‘अन्फ्रेन्ड’ गरेको बस्नेतले बताए।
प्रकाशित: २६ वैशाख २०८३ १३:२८ शनिबार





