२० जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

‘स्त्री’ को प्रदर्शन मिति घोषणा

<br>

चलचित्र ‘स्त्री’ को प्रदर्शन मिति घोषणा भएको छ। निर्माण टिमले बुधबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ।

पोस्टरमा छ जना कलाकारलाई प्रस्तुत गरिएको छ। कलाकारहरुको अनुहारमा मिश्रित भाव प्रष्ट देख्न सकिन्छ। जहाँ पोस्टरको पृष्ठभुमिमा रोतो रंग्ङ लगाइएको छ, जसकारण चलचित्रको कथावस्तु रहस्यम रहेको सन्केत दिन्छ। चलचित्रमा दीपाश्री निरौला, प्रमोद अग्रहरी, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसीको मुख्य भूमिका छ। सार्वजनिक पोस्टरमा कलाकारहरूको आ–आफ्नै खालको मुड देख्न सकिन्छ ।

चलचित्रमा नरेन्द्र थापा, देव सरकार, सुरवीर पण्डित, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाँई, कल्पना श्रेष्ठ, समीर लामा लगायतका कलाकारहरूको अभिनय छ।

समीर राईको निर्माणमा रहेको चलचित्रलाई जीवन शाहीले निर्देशन गरेका हुन्। यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले नेपालमा वितरण गर्नेछन्। चलचित्र भने मङ्सिर ११ देखि सिनेमाघरमा आउने तयारीमा छ।

प्रकाशित: २० जेष्ठ २०८३ १७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App