१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

राहत लिएर काठमाडौं आइपुगे सोनु सुद

बलिउड अभिनेता सोनु सुद नेपाल आएका छन्। गत बुधबार रसुवा, नुवाकोटलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित भएका व्यक्तिहरुलाई राहत सामग्री लिएर उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।

आफ्नो परोपकारी कार्यले चर्चित सोनूले नेपालमा बाढी आएको खबर थाहा पाएपछि नै आर्थिक तथा राहत सामाग्री सहयोग गर्ने घोषणा गरेका थिए।

उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौँ।’ उनी आफ्नो वाचा पूरा गर्न काठमाडौं आएका हुन्।

प्रकाशित: १६ भाद्र २०८३ १६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App