२४ माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘वरिष्ठ बलराम’ को गीत न्याउली वनैमा सार्वजनिक

चलचित्र ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको छ। ‘न्याउली बनैमा’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो।

गीतमा प्रशान्त शिवाकोटीको शब्दरचना छ। संगीत पनि प्रशान्तकै छ। स्वर प्रशान्त र शान्तीश्री परियारको छ।

प्रेमिल गीतमा एकअर्कालाई मन पराउने जोडीको कथा छ। गीतमा प्रेमिका सँगसँगै जीवन बिताउने सपना बोकेको प्रेमीले बताएका छन्। प्रेमिकाले भने प्रेमीको बानीव्यवहारप्रति शंका व्यक्त गरेकी छन्।

मायामा शंका नगर्न गरेको प्रेमीको आग्रहमा प्रेमिका सहमत हुने गीतको भिडियो पनि आकर्षक छ। भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय छ। गीत र भिडियोले विजय र संबृद्धिको जोडी रहेको संकेत गरेको छ।

कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्। ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्।वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन्।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो। मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ।

प्रकाशित: ९ आश्विन २०८२ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App