८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

सिप

लघुकथा

"हाम्रो अगाडि धेरै समस्या छन्" प्रअले मिटिङ सुरू गर्दै भने।

"कस्ता समस्याहरू हुन्? "स्कुलको व्यवस्थापक अध्यक्षले बुझ्न खोजे।

"पटकपटकको प्रयासले पनि केही विद्यार्थीको स्तर उठेन।उनीहरूले गृहकार्य गर्दैनन्। स्कुलमा पनि खासै अनुशासित छैनन्। फेल गर्दा उनीहरूले यो स्कुल नै छोड्छन् कि भन्ने डर छ। पास गराउँदा उसले केही जानेको छैन। कसरी के गर्दा ठिक होला ?" उनले स्कुलको परिस्थिति सविस्तार बताए।

"सर! हामी उसको र स्कुलको भविष्यका लागि पनि यतिका चिन्ता गर्छाैं। यसबारे अभिभावक र सरकार दुवैलाई जानकारी गराउँ । उनीहरूबाट यो मुद्दा सुल्झिन सक्छ।" अधक्षले पनि आफ्नो सुझाव दिए।

"अभिभावकलाई उसको घरमै गएर कैयौं पटक भन्यौ तर उसले कुरा बुझ्दैन। सरकारले बढी विद्यार्थी फेल भए भने स्कुलमा ताला लगाउँछौ भन्छ।" प्रअ दुविधामै देखिए।

अध्यक्षले अलिबेर सोचेर प्रतिक्रिया दिए,"त्यो बालखलाई गलत बाटोमा जान नदिन प्रयास गर्नुपर्छ। उसको भविष्य ध्यानमा राखेर अभिभावकसँग सहकार्य गर्नुपर्छ।" 

"यसलाई देखेर स्कुलका अरू बालबालिका पनि खराब हुन्छन् कि जस्तो छ।" प्रअ अलिक गम्भीर हुँदै भने।

"त्यसो भए एकजनाको भविष्यको चिन्तामा धेरैको भविष्य दाउमा राख्न मिल्दैन। उसलाई रोकेर अन्य कुनै सिपमुलक कार्यमा लगाउन अभिभावकलाई सुझाव दिनुपर्छ। लिस्ट हेरौं त कति छन्?" अध्यक्षले आफ्नो सुझाव सुनाउँदै लिस्ट मागे।

"लिनुस्!" फाइलबाट लिस्ट निकालेर दिए।

"उफ!"अध्यक्ष हेरेर मलिन भए। लिस्टमा उनैको बच्चा पहिलो नम्वरमा थियो।

प्रकाशित: २५ चैत्र २०८२ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App