२५ श्रावण २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

बेबी बम्प सेयर गर्दै सुनिताले भनिन् : ‘जीवनको सबैभन्दा सुन्दर अध्याय’

गयिका सुनिता दुलाल आमा बन्दैछिन्। उनले पहिलो सन्तानलाई स्वागत गर्दै छिन्। 

उनले सोमबार सामाजिक सञ्जालमा केही आकर्षक तस्बिर सार्वजनिक गर्दै प्रशंसकमाझ खुशी साटेकी छन्।

बेबी बम्पको फोटो सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘मेरो जीवनको सबैभन्दा सुन्दर अध्याय–“आमा” बन्ने यात्राका यी अमूल्य पलहरू।’

उनले यो क्षणलाई जीवनकै सबभन्दा सुन्दर अध्यायको रुपमा उल्लेख गरेकी छन्। साथै गर्भअवस्थाको एक इमोजी, शान्तीको र शुद्धताको प्रतिकको रुपमा सेतो मुटु, ताराहरु र कसैको नजर नलागोस भनेर (इभल आइ) को इमोजी राखेकी छन्। उनी हाल गर्भअवस्थाका कारण घरमै आराम गर्ने क्रममा छिन्।

उनलाई उनको प्रशंसकहरुले सार्वजनिक तस्बिरमा शुभकामना दिइरहेका छन्। दुलालले २०८२ सालको १३ मंसिरमा कांग्रेस नेता राजेश केसीसँग विवाह गरेकी थिइन्।

प्रकाशित: २५ श्रावण २०८३ १६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App