साहित्यिक पत्रकार संघ (सापस) कवि किशनसिंह धामीकाे कवितासङ्ग्रह ‘सम्बोधनमा छोरी’ र डा. हिरण्यलाल ज्ञवालीको समालोचनासंग्रह ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’ को लोकार्पण गरेको छ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता र नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति साहित्यकार विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा कृतिकाे लोकार्पण भएको थियो। कार्यक्रमकाे प्रमुख अतिथि घिमिरेले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।
साहित्यिक पत्रकार संघका अध्यक्ष लेकालीले आमन्त्रित अतिथिहरूको स्वागत गर्दै साहित्यकार किशनसिंह धामीको योगदानको चर्चा गरेका थिए।
वरिष्ठ समालोचक प्रमोद प्रधानले समालोचक डा. हिरण्यलाल ज्ञवालीकाे ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’ काे समीक्षात्मक टिप्पणी गरेका थिए। उनले ज्ञवालीले कृतिका माध्यमबाट किशनसिंह धामीको कवितायात्राबारे प्रकाश पारेका थिए।
वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले कवि धामीको ‘सम्बोधनमा छोरी’ काे समीक्षात्मक मन्तव्य राखेका थिए। छोरी हुनेहरू सबैले कृति एकपटक पढ्नैपर्ने उनले धारणा राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथि विष्णुविभू घिमिरेले लेखक र कविद्वयप्रति शुभकामना व्यक्त गर्दै नेपाली साहित्यमा समयान्तर हिसाबले विभिन्न विधाले फड्को मार्दै तीव्र गतिले अघि बढिरहेको खुसी पाेखेका थिए।
यसैगरी कार्यक्रममा विशेष अतिथिहरू नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र समालोचक डा. हिरण्यलाल ज्ञवाली लगायतले मन्तव्य प्रस्तुत गरेका थिए।
कवि सन्ध्या पहाडीले ‘सम्बोधनमा छोरी’ काे एउटा कविता वाचेकी थिइन्।
साहित्यकार मुरारी सिग्देलले चलाएकाे उक्त कार्यक्रममा तारा किशन फाउन्डेसन, न्यूयोर्क, अमेरिकाको सहकार्य रहेको थियो। कार्यक्रममा प्राडा गोविन्दमानसिंह कार्की, पवन आलोक, शंकर भारती, विमल भौकाजी, जयदेव भट्टराई, गोपीकृष्ण ढुंगाना, तुलसीहरि कोइराला, गणेश घिमिरे (अस्ट्रेलिया), डा. काशीराज पाण्डे, प्रदीप सापकोटा, ध्रुवराज पुरुष, रन्जना निरौला, नीता श्रेष्ठ, उषा केसी, रितु कँडेल, रमेश दाहाल, टीकाराम आचार्य, विशाल पहाडी, बोधराज पौडेल, यशोदा अधिकारी, डिल्लीरमण सुवेदी, जीवनकुमार श्रेष्ठ, कपिल ज्ञवाली, रामसिंह विष्ट, बालकृष्ण श्रेष्ठ लगायतको उपस्थिति थियो।
प्रकाशित: ५ मंसिर २०८२ १०:४९ शुक्रबार





