१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

स्रष्टा श्रेष्ठका ‘अनाहक प्रश्नहरू’ र ‘सफलताका आयाम’ लोकार्पण

स्रष्टा राजीव ‘अनाहक प्रश्नहरू’ कवितासङ्गह र ‘सफलताका आयाम’ जीवनीकृति दुई कृतिको लोकार्पण भएको छ।

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा आयोजित एक कार्यक्रममा प्राडा दयाराम श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, विमल भौकाजी, डा जीवलाल बस्याल लगायतले ती कृतिहरू लोकार्पण गरेका हुन्।

प्रमुख अतिथि प्राडा श्रेष्ठले राजीवका कवितामा सरलता र तडकभडक नभएको भन्दै प्रतिक कम भए पनि गहन अर्थ बोकेका कविताहरू रहेको बताए। उनले राजीवलाई जीवनका दुखभित्रबाट सुख खोज्ने कविको रूपमा चित्रण गरे।

अर्का वक्ता श्रीओम श्रेष्ठ ‘रोदन’  ले राम्रो काम सुरु जहिले गरे पनि शुभसाइत हुने भन्दै पचासकै दशकमा लेखनी थालेका राजीवको कृति ढिलो गरी आएको बताए। उनले लेखनीमा उनी सम्भावना बोकेर देखापरेका बताए।

लोकार्पित कविता कृतिमाथि विमल भौकाजीले चर्चा गर्दै भने, ‘राजीव कवितामा संवेदनशील भएर पोखिने कवि हुन्। आफ्ना भोगाइ र जीवनप्रतिको आशावादिता कविताहरूले पोखेका छन्।’  उनले कवितामा ३२ कविता समेटिएको बताए।

अर्का चर्चाकार डा जीवलाल वस्यालले जीवनीप्रति चर्चा गर्दै भने, ‘लेखकले विभिन्न व्यक्तिको सूक्ष्म अध्ययन गरेर जीवनी लेख्नुभएको छ। बहुआयामिक स्वरूपलाई कृतिमा समेट्ने प्रयास गर्नुभएको छ। स्वदेशदेखि विदेशसम्मका विभिन्न क्षेत्रका व्यक्तित्वहरूबारे जीवनी आएको बताउँदै विद्यार्थी,अनुसन्धानदाता लगायतले यो प्रयोग गर्न सक्छन्।’ 

स्रष्टा राजीव श्रेष्ठले लेखनीको प्रेरणाको श्रोत स्व

पिताजी भएको बताउँदै लेखकीय मन्तव्य राखे र सबैलाई धन्यवाद दिए।

कार्यक्रममा राजीवका निकट आमा सानुमैयाँ श्रेष्ठ, ठूली आमा सुलोचना श्रेष्ठसहित आधा दर्जन परिवारका सदस्यहरूलाई सम्मान गरिएको थियो।

कवि पूर्णबहादुर श्रेष्ठ ‘ह्रदयङ्कृत’ , तारा केसी र विश्व सिग्देलले कृतिका १/१ थान कविता वाचन गरेका थिए।

कार्यक्रमका अतिथिहरूलाई आयोजकबाट मायाको चिनो कार्यक्रमका अध्यक्ष छविरमण सिलवालले प्रदान गरे।

सुनकोसी वाङ्मय प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा सदस्य शुभद्रा अधिकारीले स्वागत मन्तव्य राखिन्।

प्रकाशित: २९ असार २०८२ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App