१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

नइ एकेडेमीलाई श्रेष्ठ दम्पतीले अर्पियाे ५ लाख

ख्यातिप्राप्त समाजसेवी, श्री ५ को सरकारका सचिव र अञ्चलाधीश रामनारायण श्रेष्ठका छोरा डा. कुशनारायण श्रेष्ठ तथा अद्वितीय साहित्यकार विजय मल्लकी छोरी डा. उमा श्रेष्ठले नइ एकेडेमीलाई पाँच लाख रूपियाँ अर्पिएका छन्।

नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईकाे अनुसार नइ एकेडेमीले श्रेष्ठ दम्पतीबाट प्राप्त रकम विजय मल्ल शताब्दी महोत्सवमा खर्च गर्ने निर्णय गरेको छ।

प्राज्ञिक दम्पतीप्रति नइ एकेडेमीले हार्दिक कृतज्ञता जाहेर गरेको छ।

प्रकाशित: २९ माघ २०८२ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App