१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

लघुकथाकार सुरेशकुमार पाण्डेको दाेस्राे लघुकथासंग्रह ‘आवाज’ लाेकार्पण

राप्ती साहित्य परिषद दाङले लघुकथाकार सुरेशकुमार पाण्डेको दोस्रो लघुकथासङ्ग्रह ‘आवाज ’ को लाेकार्पण गरेकाे छ।

राप्ती साहित्य परिषद दाङ शाखाको अध्यक्ष एम रेग्मीको अध्यक्षता  र ९५ वर्षीय वरिष्ठ पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण भएको हो।

कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, लघुकथाकार पाण्डे, सुशील गौतम, खगराज न्यौपाने, उत्तमकृष्ण मजगैंया, प्रस्वोतम् खनाल, नारायण शर्मा गुरू, वसन्त अनुभव, डा. अमर गिरी, शबिन प्रियसन, डा. टीकाराम उदासी, डा. हिमलाल पन्थी, कमलमणि देवकोटा र घनश्याम केसीले कृतिको लाेकार्पण गरेका हुन्।

कार्यक्रममा विना रोकायले उपस्थित अतिथिहरूलाई शब्दमार्फत स्वागत गरेका थिए।

कार्यक्रममा वसन्त अनुभवले लाेकार्पित कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए।

स्रष्टा घनश्याम केसीले सञ्चालन गरेकाे कार्यक्रममा सविन प्रयसन, डा. अमर गिरी, उत्तमकृष्ण मजगैया, काशीनाथ पोख्रेल र मनिषा पाण्डे रेग्मीले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।

प्रकाशित: १० फाल्गुन २०८२ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App