२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

दुई लघुकथासंग्रह ‘लायलामाया क्वय्’ र ‘तरङ्गित’ लाेकार्पण

सिर्जना अभियान समाज, भक्तपुरले शान्ता शाक्यका ‘लायलामाया क्वय्’ र ‘तरङ्गित’ लघुकथासंग्रह लाेकार्पण गरेकाे छ।

सिर्जना अभियान समाज, भक्तपुरका अध्यक्ष ध्रुव मधिकर्मीकाे अध्यक्षता र डा. पुष्करराज भट्टकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रमका सभाध्यक्ष ध्रुव मधिकर्मी, प्रमुख अतिथि डा. पुष्करराज भट्ट, विशिष्ट अतिथि स्रष्टा लता केसी (लघुकथा अभिभावक), लघुकथाकार शाक्य, राजेन्द्र गोपाल सिंह, डा. हिमलाल श्रेष्ठ र इन्दिरा चापागाईले लघुकथासंग्रह `तरङ्गित´ को लाेकार्पण गरेका थिए।

लघुकथाकृतिको लाेकार्पणकाे साथै विमर्श कार्यक्रम कुपण्डोलस्थित सातोआकीको हलमा भएकाे हाे।

विशिष्ट अतिथि लता केसी (लघुकथा अभिभावक) र पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले शुभकामना मन्तव्य राख्दै कृतिकारलाई बधाई तथा शुभकामना दिएका थिए।

साहित्यकार तथा समीक्षक सुधिर ख्वबिले नेपाल भाषामा लेखिएको लायलामाया क्वय् लघुकथासङ्ग्रहकाे एउटा लघुकथा वाचन गरेर त्यसमाथि टिप्पणी गरेका थिए।

डा. श्रेष्ठ र चापागाईले लाेकार्पित कृति तरङ्गितमाथि परिचर्चा गरेका थिए। तरङ्गितभित्र समेटिएका ५४ लघुकथा लघुकथाका मान्यतालाई आत्मसात् गरेर लेखिएको पठनीय र सङ्ग्रहणीय रहेको बताए।

कार्यक्रममा प्रमुख अतिथि डा. भट्टले  नेपाली लघुकथाको प्रवृत्तिमाथि चर्चा गर्दै नेपाली लघुकथाको इतिहासमा नारी स्रष्टाबारे आफूले अध्ययन गरिरहेको बताए।

कृतिकार शाक्यले लघुकथा लेख्दै गर्दा  आफूले पाएको प्रोत्साहन र प्रेरणाका सन्दर्भ उल्लेख गर्दै लेखन, प्रकाशन, विमोचन र विमर्शको यात्रामा साथसहयोग र समर्थन दिने सबैप्रति आभार प्रकट गरेकी थिइन्।

सुदीप हाडाले लघुकथा गान बजाएर कार्यक्रमको सञ्चालन गरेकाे कार्यक्रमका सभाध्यक्ष मधिकर्मीले नेपाल भाषा र नेपाली भाषामा लेखिएको कृतिलाई एकै ठाउँमा ल्याउन पाउँदा प्रकाशक र आयोजकको तर्फबाट खुसी लागेको बताए।

कार्यक्रममा नाट्यकर्मी अशेष मल्ल, साहित्यकार सावित्री कक्षपति, दिव्य गिरी, महेन्द्र नेउपाने, मनीषकुमार शर्मा `समित´,  श्यामप्रसाद  श्रेष्ठ, रीता महर्जन, शान्ता तिम्सिना, नरेश अमात्य, विनय शाक्य, प्रार्थना खनाल, अप्सरा भट्टराई लगायत उपस्थिति थियो।

प्रकाशित: १६ पुस २०८२ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App