२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य यो हप्ता प्रतितोला २७ सय रुपैयाँ घट्यो

सुनको मूल्य यो हप्ता प्रतितोला २७ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हप्ताको पहिलो दिन तोलाको ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य हप्ताको अन्तिम दिन आज ३ लाख १४ हजार २ सय रुपैयाँमा झरेको छ। 

आइतबार तोलाको ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ३७ रुपैयाँ रुपैयाँ घटेर ३ लाख १३ हजार २ सय रुपैयाँमा झरेको थियो। 

मंगलबार तोलाको ३८ सय रुपैयाँ बढेर ३ लाख १७ हजारमा कारोबार भएको सुनको मूल्य बुधबार २ हजार बढेर ३ लाख १९ हजार पुगेको थियो।

हिजो (बिहीबार) तोलामा २ हजार घटेर ३ लाख १७ हजारमा कारोबार भएको सुनको मूल्य आज (शुक्रबार) फेरि तोलामा २८ सय रुपैयाँ घटेको हो। 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । आइतबार तोलाको ५ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ हजार ४९५ रुपैयाँ पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा नेपालमा पनि यसको प्रभाव परेको महासंघले जनाएको छ।  

प्रकाशित: २९ फाल्गुन २०८२ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App